Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गुम्यो बादलको सांसद र गृहमन्त्रीको दुवै पद


5.7K
Shares

गुम्यो बादलको सांसद र गृहमन्त्रीको दुवै पद

काठमाडौं ५, बैशाख । गृहमन्त्री रामबहादुर थापा मगर ‘बादल’को राष्ट्रिय सभा सांसद र मन्त्री पद दुवै गुमेको छ । नेकपा माओवादी केन्द्रले बादलमाथि कारवाही प्रक्रिया अघि बढाई संसद सदस्य रिक्त गर्न लिखित पत्र दिए अनुसार पद रिक्त भएको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले जानकारी दिनुभभयो ।

उहाँको पद गुमेसँगै मन्त्री पदबाट पनि स्वतः पदमुक्त हुनुभएको हो । नेकपा माओवादी केन्द्रले चैत २७ गते बादलले दलत्याग गरेको जानकारीसहितको पत्र संसद सचिवालयमा दर्ता गरेको थियो ।अदालतको फैसलाबाट नेकपा छुट्टिएर साविकको पूर्वएमाले र पूर्वमाओवादीमा रूपान्तरण हुँदा थापाले एमाले रोज्नुभएको थियो । थापाको पद गुमेपछि अब उहाँले मन्त्री बन्न पुनः संविधानअनुसार सपथ लिनुपर्छ।

मन्त्रीसमेत रहेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीको सांसद पद गुमेको हो। सांसद पद गुमेपछि प्रधानमन्त्री ओलीले उहाँहरूलाई फेरि ६ महिनाका लागि मन्त्री बनाउनुभएको छ ।बादललाई प्रधानमन्त्रीले पुनः मन्त्री नियुक्त गर्ने बताइएको छ । रिक्त राष्ट्रियसभा सदस्य पदका लागि ३५ दिनभित्र उपनिर्वाचन हुनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology