Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाको धार्चेमा निर्माण भयो आलुको बिउ भण्डारण केन्द्र


3.3K
Shares

गोरखाको धार्चेमा निर्माण भयो आलुको बिउ भण्डारण केन्द्र

गोरखा २, बैशाख । गोरखाको धार्चे गाउँपालिका –७ सिरानगाउँमा करिब १९ लाख रुपैयाका लागतमा आलुको बिउ भण्डारण केन्द्रको निर्माण गरिएको छ । स्थानीयस्तरमा उत्पादन भएका आलुको बिउ लामो समयसम्म सुरक्षित राख्न सकियोस् भन्ने उद्देस्य भण्डारण केन्द्रको निर्माण गरिएको नमुना कृषक समुहका अध्यक्ष सुर्य गुरुङले जानकारी दिनुभयो ।

स्वाँरा सघन गाउँ बिकास केन्द्रले सिआरएससंग साझेदारीमा भण्डारण केन्द्रको निर्माण गरिएको उहाँले बताउनुभयो । ‘भण्डारण केन्द्र निर्माणका लागि स्वाँरा सघनसंग कृषि समुहले सम्झौता गर्यो, अध्यक्ष गुरुङले भन्नुभयो, संस्थासंगको सम्झौता अनुसार उपभोक्ता समिति मार्फत भण्डारण केन्द्र निर्माण गरिएको हो ।’ निर्माण सम्पन्न भएको आलुको बिउ भण्डारण केन्द्रमा करिब १३ टन आलु भण्डारण गर्न सक्ने क्षमता रहेको उहाँले बताउनुभयो ।

‘प्रारम्भिक चरणमा १० टन आलु भण्डारण गर्नसक्ने गरि स्टमेट डिजाइन गरिएको थियो, अध्यक्ष गुरुङले भन्नुभयो, ‘प्राबिधिकहरुले निर्माण सुरु गर्ने क्रममा काम अघि बढाउदा फेरि १३ टन आलुको बिउ भण्डारण गर्न मिल्ने गरि भवन निर्माण गरिएको हो ।’ भण्डारण केन्द्रको भएसंगै समयसम्म सुरक्षित रुपमा आलुको बिउ राख्न समस्या हुदै आएकामा त्यस क्षेत्रका कृषकलाई अब सजिलो भएको उहाँले बताउनुभयो । ‘हरेक बर्ष आलुको बिउ जोगाउन कृषकहरुलाई असाध्यै समस्या हुने गरेको थियो, अध्यक्ष गुरुङले भन्नुभयो,‘ राखेको बिउ तापक्रम नमिल्दा छिटो उम्रने, बिउ चाउरी पर्ने लगायतका समस्या हुने गरेको थियो, अब भण्डारण केन्द्र बनेपछि त्यस्ता समस्या नहुने भएको छ ।’

आलु उत्पादनका हिसावले उत्कृष्ट क्षेत्र मानिने सिरानगाउँका सवैजसो स्थानीयबासीले आलु खेतीलाई मूख्य खेतीमा रुपमा लिने गर्दछन् । भण्डार केन्द्र निर्माण भएसंगै अब किसानहरुले भण्डारण केन्द्रमा तापक्रम र आबश्यक प्राबिधिक व्यवस्था सहित बिउ आलु समेत राख्न पाउने आफुहरु खुशी भएको स्थानीय कृषक धनबहादुर गुरुङले भनाई छ । भण्डारण केन्द्र नहुदा तन्दुरुस्त बिउको प्रयोग गर्नबाट किसानहरु बन्चित हुदै आएका थिए । गुणस्तरीय बिउको अभावका कारण त्यहाँ उत्पादनमा कमी आउने, आलु उम्रन समस्या हुने, बोटमा छिटो रोगले आक्रमण गर्ने लगायतका समस्या किसानहरुले भोग्दै आएका थिए ।

करिब २ सय घर धुरी रहेको सिरानगाँउ क्षेत्रमा मात्रै प्रत्येक परिवारले कम्तिमा ३ सय मुरी आलु उत्पादन गर्ने गरेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । त्यस क्षेत्रमा उत्पादन भएका आलु जिल्लाकै आरुघाट, मान्वु, थुमी आर्खेत लगायतका क्षेत्रमा बिक्रि हुने गरेको छ । अन्य क्षेत्रको आलुको तुलनामा छिटो पाक्ने र स्वादिस्ट हुने भएकाले त्यहाँको आलुको बढी माग हुने गरेको छ । भण्डारण केन्द्रको गोरखा क्षेत्र नम्बर १ का संघिय सांसद हरिराज आधिकारीको उद्घाटन गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology