Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कोरोनाको जोखिम बढेपछि बिधालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस


4.9K
Shares

कोरोनाको जोखिम बढेपछि बिधालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

बिमल श्रेष्ठ

काठमाण्डौं ३०, चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौं उपत्यका सहित ठूला सहरका विद्यालयहरू कम्तिमा एक महिना बन्द गर्न सिफारिस गरेको छ । मन्त्रालयका सचिव लक्ष्मण अर्यालले उपत्यका सहित १५ वटा जिल्लाका ठूला सहरमा रहेका विद्यालय एक महिना बन्द गर्नका लागि सिसिएमसीमा प्रस्ताव गरेको जानकारी दिनुभयो ।

काठमाडौं उपत्यका सहित पोखरा, विराटनगर, वीरगन्ज सहित १५ वटा ठूला सहरमा सङ्क्रमण फैलन सक्ने भएकोले कम गर्न खोजेको उहाँले बताउनुभयो । उहाँले विद्यालय सहित पार्टी प्लालेस, मन्दिर, सिनेमा हल, रात्रिकालीन व्यवसाय पनि बन्द गर्न सिफारिस गरिएको उहाँले बताउनुभयो । विद्यालय बन्द गर्ने प्रस्ताव पुगे पनि सिसिएमसीले भने अहिलेसम्म यसबारे ठोस निर्णय लिएको छैन ।

पछिल्लो समय कोरोना भारइसको नयाँ भेरियन्ट्स फैलिएको र यसबाट बालबालिका समेत उच्च जोखिममा रहेको पाइएपछि मन्त्रालयले विद्यालय बन्द गर्न सिफारिस गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology