गोरखा ३०, चैत । जिल्ला प्रहरीले बिभिन्न समयमा हराएका ७ थान मोवाईल खोजी गरि धनीलाई बुझाएको छ । गोरखा जिल्ला भित्र विभिन्न समयमा मोबाईल हराएको भनि प्रहरी कार्यालयमा खोजीका लागि निवेदन दिएका मध्ये ७ थान मोवाइल फेला पारी सोमबार मोवाइल धनीलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।
हराएको भनि निवेदन परेका अन्य मोवाइलको समेत खोजी कार्यमा प्रहरी लागि परेको कार्यालयले जनाएको छ ।