Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

बिप्लव नेतृत्वको नेकपाका नेताको गोरखाबाट गर्जन : निकास दिन नसके संसद फेरि बिघटन हुनसक्छ


6.6K
Shares

बिप्लव नेतृत्वको नेकपाका नेताको गोरखाबाट गर्जन : निकास दिन नसके संसद फेरि बिघटन हुनसक्छ

गोरखा, २९ चैत ।  विप्लव नेतृत्वको नेकपा कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य धमेन्द्र बास्तोलाले जनमत संग्रहबाट देशको राजनीतिक समस्याको निकास खोज्नुपर्ने बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी गोरखाले आज सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले आफुहरु एकिकृत जनक्रान्ति कार्यदिशा छोडेर संसदिय प्रणालीमा आएको नभई सवै मिलेर संसदिय प्रणालीको अन्य गरि बैज्ञानिक समाजबादमा जानुपर्छ भनेर शान्तिपूर्ण प्रक्रियामा आएको बताउनुभयो ।

‘देश जनमत संग्रहमा गईहाल्यो त भनेर भन्दैनौ, नेता बास्तोलाले भन्नुभयो, ‘तर जनमत संग्रहमा जानुपर्छ, तपाई सवै मिलेर त्यता देशलाई तर्फ लैजानुपर्छ ।’ संसदबादी पार्टीहरुको सर्घषले फेरि पनि देश संसद बिघटनको अबस्थामा पुगेको उहाँको भनाई छ । ‘संसद बिघटन एकपटक भईसकेको छ, फेरिपनि बिघटन हुनु अनिबार्य जस्तो देखिन्छ, नेता बास्तोलाले भन्नुभयो, ‘संसदबाट कुनै प्रकारको नयाँ निकास निस्कने सम्भावना छैन ।’

सरकार शान्तिपूर्ण तरिकाबाट देशमा भइरहेको राजनीतिक समस्याको समाधान गर्ने पक्षमा सहमत भएको भन्दै अब शान्तिपूर्ण ढंगबाट नै नेपाली जनताले कस्तो प्रकारको राजनीतिक प्रणाली अपनाउने भन्ने फैसला जनताले नै गरोस् भन्ने आफ्नो पार्टीले चाहेको बताउनुभयो । उहाँले ३ बुदेँ सहमति अनुसार पार्टी माथिको प्रतिबन्द हटेको र अहिले बन्दी रिहाईको प्रक्रिया समेत सुरु भएको बताउनुभयो ।

‘बन्दीहरु माथि लगाइएको राजनीतिक मुद्दाको कुराहरु पनि छ, नेता बास्तोलाले भन्नुभयो, ‘कानुनी प्रक्रिया पुरा गर्न समय लाग्छ भन्नेछ त्यो प्रक्रिया चलिरहेको सरकारले भनाई छ ।’ देशको राजनीतिक निकासका लागि संयुक्त सरकारको अबस्था आए इन्कार गर्ने अबस्थामा पार्टी नरहेको भन्दै नेता बास्तोलाले अहिलेको प्रणालीमा आफुहरु जाँदमौ राजनीतिक निकास निस्कन्छ भन्ने पक्षमा भने आफुहरु नरहेको बताउनुभयो ।

समुन्नत प्रकारको राजनीतिक प्रणालीका लागि बैज्ञानिक समाजबादको दिशामा अघि बढ्नुपर्नेमा उहाँले जोडदिनुभयो । ‘तमाम जनताले उत्पादनमा भाग लिन नसक्ने, आबास समस्या, स्वास्थ्य शिक्षा सम्बन्धी समस्या जस्ता यावत समस्या हामीसंग छ, नेता बास्तोलाले भन्नुभयो, ‘त्यस्ता प्रकारका समस्या समाधान कसरी हुन्छ भन्ने बिषय अहिले आफ्नो पार्टीको मुख्य छलफलको बिषय भएको बताउनुभयो ।’ उहाँले राजनीतिक प्रणाली ठिक नभएसम्म जनताका समस्या समाधान नहुने बताउनुभयो

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology