गोरखा १७, चैत । नेकपा माओबादी केन्द्र भीमसेन थापा गाउँपार्टी कमिटिको बृहतर बैठक सम्पन्न गरेको छ । सर्वोच्च अदातलले दुई पार्टी एकता पछि बनेको नेपाल कम्युनिष्ट पार्टीलाई पूर्वबत अबस्था फकाई दिएपछि पहिलो पटक गाउँपार्टी कमिटीको पहलिो बैठक सम्पन्न भएको हा । भीमसेन थापा गाउँपार्टी कमिटिको बैठकले यहीँं चैत २१ गते भित्रमा पालिका भित्रका सवै वडामा माओबादी केन्द्रको बैठक सम्पन्न गर्ने, वडामा पार्टी कार्यालय स्थापना गर्ने निर्णय गरेको गाउँपार्टी कमिटीका अध्यक्ष बिनोद पाण्डेले जानकारी दिनुभयो ।

त्यस्तै बैठक ७ सदस्सीय सत्ता समिति समेत गठन गरेको उहाँको भनाई छ । बैठकले सवै वडा भित्र तत्काल फ्याक्सन इन्चार्ज तोक्ने र चैत ३० गते पालिका स्तरमा बृहत प्रशिक्षण भेला गर्ने निर्णय गरेको अध्यक्ष पाण्डेलले जानकारी दिनुभयो । बैठकमा पार्टीका केन्द्रिय सदस्य सुशिला सिंखडाले अदालतले गरेको निर्णयलाई स्विकार्य नभएपनि आत्मासाथ गरेर अघि बढ्नुको बिकल्प नभएको बताउनुभयो । उहाँले नयाँ परिस्थितीमा पार्टी फेरि गतिदिन सवै लाग्नु पर्नेमा जोडदिनुभयो ।

बैठकमा गाउँपार्टीका इन्चार्ज लोकप्रसाद बन्जराले समाजबादको यात्रामा ठेस लागेपछी पाटी अहिलेको स्थितिमा आइपुगेको बताउनुभयो । उहाँले राष्ट्रिय राजनीतिमा जनताले अपेक्षा गरे जस्तो परिवर्तन भएपनि दुई तिहाईको सरकारले जनताको मन जित्ने काम गर्न नसकेपछि बिस्तारै समस्या सिर्जना भएको बताउनुभयो ।
उहाँले अदालतले पाटी बिभाजन गरिदिएपछि माओबादी धार सकिन्छ की भन्ने अबस्थाबाट अहिले पार्टी मुक्त भएको भन्दै बिभाजले जनयुद्धको क्रान्तिकारि धारा जोगिएको बताउनुभयो । उहाँले पालिका भित्रका सवै वडाहरुमा पार्टीलाई चुस्त दुरुस्त आग्रह गर्नुभयो । यता पार्टी पुरानै अबस्थामा फर्किएपछि नेकपा माओबादी केन्द्र शहिद लखन गाउँपार्टीको पहिलो बैठक पनि सम्पन्न भएको माओबादी केन्द्रले जनाएको छ ।