गोरखा १४, चैत । गोरखाको शहिद लखन गाउँपालिकामा गाउँपालिका स्तरीय “सहिद लखन साहित्य समाज’’ तर्दथ समिति गठन भएको छ । गाउँपालिका भित्र साहित्यक क्षेत्रका बिकासका लागि पालिका भित्र रहेका साहित्य अनुरागीहरुको भेलाले नारायणप्रसाद पोखरेलको संयोजकत्वमा ११ सदस्सीय तर्दथ समिति गठन गरेको हो ।
भेलाबाट समितिको उपाध्यक्षमा जुना रेग्मी, सचिवमा चुडामणी न्यौपाने, सहसचिवमा रमेश कुँवर, कोषाध्यक्षमा रोहिणीप्रसाद खनाललाई चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा सिताराम ढकाल, केशवप्रसाद ढकाल, सरस्वती लामिछाने, संगम तिवारी र गणेश थापामगरलाई चयन गरिएको छ ।
भेलाले कृष्ण गुरुङ, बिष्णु काप्री र रामचन्द्र अर्याल रहनु भएको ३ सदस्सीय सल्लाहकार समिति समेत गठन गरेको जनाइएको छ । गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापामगरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ ।