Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

प्रेस युनियन गोरखाद्धारा महासंघको अध्यक्षमा सापकोटालाई उठाउने निर्णय


3.1K
Shares

प्रेस युनियन गोरखाद्धारा महासंघको अध्यक्षमा सापकोटालाई उठाउने निर्णय

गोरखा १४, चैत । नेपाल प्रेस युनियन गोरखाले नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा अध्यक्ष पदमा उपाध्यक्ष नरहरी सापकोटालाई उठाउने निर्णय गरेको छ । शनिबार बसेको जिल्ला समितिको बैठकले सापकोटालाई उम्मेदवार बनाउने निणर्य गरेको छ ।

महासंघको जिल्ला सचिव रहेका सापकोटा युनियनका गोरखा उपाध्यक्ष समेत हुन । युनियनका अध्यक्ष नरेन्द्र ढकालद्धारा हस्ताक्षरित अपिल पत्रमा नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा सम्पूण पेशागत संघ, संगठन, ब्यवसायिक पत्रकारहरुवीच बृहत्तर एकता कायम गरी अघि बढ्न अपिल गरिएको छ ।

पत्रकार महासंघको यहीँ चैत २५ गते निर्वाचनको मिति घोषणा भइसकेको छ । युनियनको नेतृत्वलाई सर्वसम्मत बनाउन अन्य संघ, संगठनहरुलाई समेत सहयोग गर्न आह्वान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology