Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

तत्कालिन राजपा र समाजबादी पार्टीले टुङ्ग्यायो गोरखा नगरपालिकामा एकता प्रक्रिया


5.1K
Shares

तत्कालिन राजपा र समाजबादी पार्टीले टुङ्ग्यायो गोरखा नगरपालिकामा एकता प्रक्रिया

गोरखा १२, चैत ।  राष्ट्रिय जनता पार्टी र समाजबादी पार्टी बिचको गोरखा नगरपालिका स्तरीय एकता प्रक्रिया आज सम्पन्न भएको छ । जिल्ला भित्रका सवै स्थानीय तहहरुमा समायोजना प्रक्रिया अघि बढाइएको दुई पार्टी बिच गोरखा नगरपालिकामा ७७ सदस्य गठन गरिएको नगर अध्यक्ष उपेन्द्र देवकोटाले जानकारी दिनुभयो ।

एकता भेलाले पूर्व समाजबादी पार्टीका अध्यक्ष समेत रहनु भएका देवकोटलाई एकतापछिको जसपाको अध्यक्षमा चयन गरिएको हो । एकता पछि गठित जनता समाजबादी पार्टी नगरपार्टी कमिटिको उपाध्यक्षमा कृष्ण अर्याल, सूर्य गुरुङ्ग, सचिव रामभक्त खनाल, सह सचिव सविता खत्री (कैनी) र कोषध्यक्षमा कर्ण बहादुर गुरुङ्गलाई चयन गरिएको जनाइएको छ ।

भेलाले २७ सदस्य नगर सचिवालय गठन गरेको नवगठित किमिटीका अध्यक्ष देवकोटाले बताउनुभयो । भेलालाई पार्टीका केन्द्रीय सदस्य ज्ञानेन्द्र कुुमालले प्रशिक्षण सहितको मन्तव्य राख्नुभएको थियो । भेलालाई जसपा गोरखा जिल्ला अध्यक्ष नारायण खत्री , नगर अध्यक्ष उपेन्द्र देवकोटा, नगर सचिव राम भक्त खनाल लगायतले सम्बोधन गरेका थिए ।

जिल्लामा ११ स्थानीयतह मध्ये बारपाक सुलिकोट गाउँपालिमा मात्र एकता प्रक्रिया टुङ्ग्याउन बाँकी रहेको जसपा गोरखाले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology