काठमाण्डौं ११, चैत । जल तथा मौसम विज्ञान विभागले आगामी ३ दिनको मौसम पूर्वानुमानको बुलेटिन जारी गर्ने गरेको छ । विभागको बुधवारको बुलेटिन हेर्ने हो भने ‘आगामी २४ घण्टामा देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका १–२ स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ’ भनी सूचना जारी भएको छ ।
विभागका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको छ ।माथि विभागले दिएको ३ दिनको मौसम पूर्वानुमान घटना हुनसक्नेछ भन्ने मात्र जानकारी प्राप्त छ । – रासस