Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

सेनाको गोली प्रहारबाट ७ बर्षिया बालिकाको मृत्यु


3.8K
Shares

सेनाको गोली प्रहारबाट ७ बर्षिया बालिकाको मृत्यु

एजेन्सी, ११ चैत । म्यानमारमा सेनाले हानेको गोनी लागेर ७ वर्षीया बालिकाको मृत्यु भएको छ । सत्ता हातमा लिएर सैनिक कू गरेको सेनाले आन्दोलन दबाउन प्रदर्शनकारीमाथि गोली चलाउने क्रममा मन्डलेस्थित आफ्नै घरमा बसिरहेकी उनको मृत्यु भएको हो ।

७ वर्षीया बालिकालाई सेनाले हानेको गोली लागेको र घाइते अवस्थामा उपचारकालागि लैजादै गर्दा मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । सैन्य शासनविरुद्ध चलिरहेको आन्दोलनमा ज्यान गुमाउने उनी सबैभन्दा कम उमेरकी नागरिक हुन् ।

साथै उनका १९ वर्षीय दाइलाई पनि सेनाले पक्राउ गरेको छ । उनलाई पनि घरबाटै पक्राउ गरिएको जनाइएको छ । सेभ द चिल्ड्रनका अनुसार मनमारमा सैन्य शासन लागू भएयता २० जना बालबालिकाले ज्यान गुमाइसकेका छन् । अहिलेसम्म आन्दोलनका क्रममा १ सय ६४ जनाको मृत्यु भएको म्यानमारको सेनाले जनाएको छ । सेनाले सत्ता हातमा लिएयता बर्मामा दैनिक प्रदर्शन भइरहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology