Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

पत्रकार महासंघले सार्वजनिक गर्यो चैत २५ गते हुने निर्वाचनको कार्यतालिका


2.9K
Shares

पत्रकार महासंघले सार्वजनिक गर्यो चैत २५ गते हुने निर्वाचनको कार्यतालिका

काठमाण्डौं ८, चैत । नेपाल पत्रकार महासंघ केन्द्रीय निर्वाचन समितिले चैत २५ गते हुने निर्वाचनको कार्यतालिका प्रकाशन गरेको छ । निर्वाचन कार्यक्रम अनुसार आइतबार बेलुकी ५ वजे मतदाता नामावली सार्वजनिक गरेको छ मतदाता नामावली उपर दाबी विरोध भोलि अर्थात् ९ गते दिउँसो साढे १२ बजेदेखि चैत १० गते दिउँसो साढे १२ बजेसम्म गर्ने गरी तोकिएको महासंघका सचिव प्रकाश थापाले जानकारी दिनुभयो । मतदाताको अन्तिम नामावली चैत ११ गते दिउँसो ४ बजे प्रकाशन गरिने छ ।

यसैगरी उम्मेदवारी मनोनयन चैत १२ गते बिहान साढे १० बजेदेखि दिउँसो ४ बजेसम्म गरिने छ । उम्मेद्वारको अन्तिम नामावली प्रकाशन चैत १२ गते साँझ ६ बजे गरिने समितिले जनाएको छ । उम्मेद्वारमाथि दाबी विरोध चैत १३ गते बिहान साढे १० बजेदेखि दिउँसो ४ बजेसम्म हुने गरी तोकिएको छ । उम्मेद्वारले नाम फिर्ता लिने समय चैत १४ गते दिउँसो ४ बजेसम्म तोकिएको छ ।

उम्मेद्वारको अन्तिम नामावली प्रकाशन चैत १४ गते साँझ ६ बजे गरिनेछ । मतदान चैत २५ गते बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म हुनेछ । महासंघको संशोधित विधानअनुसार यसपटक सबै साधारण सदस्यले जिल्ला, प्रदेश र केन्द्रका सबै पदाधिकारी एवम् सदस्यका लागि मतदान गर्न पाउनेछन् । मतदान आफू सदस्य रहेको शाखामै गर्न पाइने जनाइएको छ ।

केन्द्रीय निर्वाचन निर्देशिका तथा निर्वाचन कार्यतालिका महासंघको वेबसाइटमार्फत सार्वजनिक गरिएको सचिव थापाले बताउनुभयो । केन्द्रीय निर्वाचन समितिको कार्यालय महासंघको केन्द्रीय कार्यालयमै रहेको छ । देशभरबाट निर्वाचनका लागि महासंघका करिब १४ हजार साधारण सदस्य सहभागी हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology