Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

काग्रेसको नेतृत्वमा सरकारको नेतृत्व लिने वातावरण बनिसकेको छैनः प्रवक्ता शर्मा


4K
Shares

काग्रेसको नेतृत्वमा सरकारको नेतृत्व लिने वातावरण बनिसकेको छैनः प्रवक्ता शर्मा

काठमाण्डौं ५, चैत । नेपाली काँग्रेसले सरकारको नेतृत्व लिनका लागि राजनीतिक वातावरण नबनिसकेको जनाएको छ । हालको राजनीतिक परिस्थितिमा प्रधानमन्त्रीको पदको लालसा पालेको आरोप लागिरहेका बेला काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले तत्कालीन अवस्थामा सरकारको नेतृत्व लिन अग्रसर हुने किसिमको राजनीतिक वातावरण मिलिनसकेको बताउनुभयो । उहाँले सभापति देउवालाई प्रधानमन्त्री पद एकदमै चाहिएको भन्ने कुरामा सत्यता नभएको प्रष्ट पार्नुभयो ।

यद्यपि परिस्थिति बनेको अवस्थामा प्रधानमन्त्रीको पदीय जिम्मेवारी लिनबाट पनि नभाग्ने मनस्थितिमा सभापति रहेको प्रवक्ता शर्माको भनाई छ । आफैंसँग भएको सांसद सङ्ख्या र अन्य दलहरूभित्र भएको अन्तर कलह र त्यसको परिणामको स्पष्ट तस्वीर बाहिर आइनसकेकाले पार्टीले पनि धारणा तय नगरेको उहाँले बताउनुभयो ।

आज सानेपास्थित पार्टी कार्यालयमा भएको एक कार्यक्रममा उनले सरकार गठनका लागि आवश्यक गणितको विश्लेषण पछि पार्टी निर्णयमा पुग्ने बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology