Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

देशभर ब्यूँतियो वाईसीएल, दुई लाख नयाँ सदस्यता थप गर्ने घोषणा


4.9K
Shares

देशभर ब्यूँतियो वाईसीएल, दुई लाख नयाँ सदस्यता थप गर्ने घोषणा

काठमाण्डौं ५, चैत । नेकपा माओवादी केन्द्रको भातृसंगठन योङ कम्यूनिष्ट लिग नेपाल (वाईसीएल) देशभर व्यूँतिएको छ । यहीँ चैत ४ र ५ गते काठमाण्डौंमा सम्पन्न केन्द्रिय समितिको चौथो भेलाले देशभर वाईसिएल व्यँत्याएको हो ।

बैठकले आउँदो जेठ २८ देखि ३० गतेसम्म राष्ट्रिय भेला गर्ने भएको छ। सर्वोच्च अदालतले माउ पार्टी ब्यूँताएपछि केन्द्रीय समितिको चौथो पूर्ण बैठकले यस्तो निर्णय गरेको हो।

वाईसीएलका अध्यक्ष रामप्रसाद सापकोटाले लिगको चौँथो बैठकले जेष्ठ २८, २९ र ३० गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने निर्णय गरेको जानकारी दिए। बैठकले संगठनमा दुई लाख सदस्य थप गर्ने निर्णय पनि गरेको छ। २०७५ जेठ ३ गते तत्कालिन माओवादी केन्द्र र एमालेबीच एकीकरण भएर नेकपा बनेसँगै वाईसीएल युवासंघमा समाहित भएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology