Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

एमाले माधव पक्षको राष्ट्रिय भेलाले पारित गर्यो १७ बुदेँ प्रस्ताव


5K
Shares

एमाले माधव पक्षको राष्ट्रिय भेलाले पारित गर्यो १७ बुदेँ प्रस्ताव

काठमाण्डौं ५, चैत । नेकपा एमाले माधव नेपाल पक्षको काठमाण्डौंमा बुधबारदेखि सुरु भएको २ दिने राष्ट्रिय भेलाले १७ बुदेँ घोषणा पत्र पारित गरेको छ । भेलाले कोरोना संक्रमणका बेला औषधी खरिद प्रकरण भएको भ्रष्टाचारको तत्काल छानविन गरि दोषी माथि कारवाही गर्न माग गरेको छ ।

त्यस्तै राष्ट्रिय हित बिपरित सरकारले गरेको बिभिन्न किसिमका सम्झौताहरु आफुहरुलाई मान्य नहुने भन्दै तत्काल खारेज गर्न भेलाले प्रस्ताव पारित गरेको पार्टीका प्रचार बिभागका उपप्रमुख बिष्णु रिजालले जानकारी दिनुभयो । भेला पछि आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुदै पार्टीका प्रचार बिभागका प्रमुख योगेस भट्टराई अब तत्काल तल्ला स्तरका कमिटिहरुमा भेलाको आयोजना गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, अब गएको जेठ २ गतेको कमिटिलाई आधार मानेर जिल्ला गाउँपालिका, टोलसम्म पनि भेला हुन्छ यसले पार्टी कमिटिलाई थप सुदृढ बनाउदै अघि बढ्नेछौ । भट्टराईले प्रधानमन्त्री ओलीले बार्ताको ढोका बन्द गरेर केपी ओलीले निरंकुश शैली अपनाएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology