काठमाण्डौं ३, चैत । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थमा मुल्य गरेको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेतमा प्रतिलिटर २ रुपैयाँ बृद्धि गरेको छ भने हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ बढाएको छ । निगमले आन्तरीक र वाह्य उडान तर्फमा ५५ रुपैयाँ बढाएको छ ।
त्यस्तै युयसडि २५ रुपैयाँले बृद्धि गरी हवाई ईन्धन आन्तरिक प्रतिलिटर ७२ रुपैयाँ र वाह्या हवाई ईन्धन तर्फ युयसडि ८ सय ९३ प्रति किलो लिटर कायम गरेको निगमले जनाएको छ । आज राती १२ बजे देखि लागु हुने गरी निगमले पेट्रोलियम पदार्थमा र हवाई ईन्धनको बृद्धि गरेको छ ।
अन्तराष्ट्यि बजारमा पेट्रोलियम पदार्थको मुल्य क्रमिक रुपमा बृद्धि हुँदै गएको र ईण्डियन आयल कर्पोरेशनले १ मार्च पठाएको मुल्य अनुसार पेट्रोलियम पदार्थमा बढाएको निगमले जनाएको छ । निगमले आज राती लागु हुनेगरी प्रतिलिटर दुई रुपैयाँ बढाएपछि अब पेट्रोलको खुद्रा मुल्य १ सय १६, डिजेल र मट्टितेतको ९९ रुपैयाँ पुगेको छ ।
सो मुल्य समायोजन गर्दा पनि निगमलाई अर्धमासिक रुपमा १ अर्ब ३२ करोड घाटा नै रहेको निगमका प्रवक्ता विनित मणि उपाध्यायले बताउनुभयो ।