काठमाण्डौं २, चैत । बिबाद समाधानका लागि छलफल गर्न बसको नेकपा एमालेको केपी शर्मा र माधव नेपाल पक्ष बिच भएको छलफलमा बिबाद चर्किएको छ । फागुन २८ गते ओली पक्षले केन्द्रीय समितिको नाममा गरेको निर्णय फिर्ता गर्नुपर्ने नेता माधव कुमार नेपालले अडान राखेपछि ओली र नेपाल बिच चर्काचर्की नै भएको हो । नेता नेपालले व्यक्तिको हुकुमी शैलीले पार्टी नचल्ने भन्दै अदालतको आदेश पालना गर्द २०७५ साल जेठ २ गते अघिको अबस्थामा बसेर मात्र छलफल हुने बताउनुभयो ।
फागुन २३ गते सर्वोच्चको आदेशले केन्द्रीय समितिदेखि तल्लो तहसम्मलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काएको मात्र हो , उहाँले भन्नुभयो । प्रधानमन्त्री ओलीले भने नेता नेता नेपालको भनाई प्रति अस्विकार गर्दै २८ गतेको निर्णय फिर्ता नुहने भन्दै चित्त नबुझे ७ गतेको बैठकमा आएर आफ्ना कुरा राख्न प्रस्ताव गर्नुभयो । ओलीले २८ गतेको निर्णय फिर्ता लिन अटेर गर्नुले ओलीको दम्भ नहटेको र अझै पेलेर जाने मनस्थितिमा रहेको नेपाल पक्षको बुझाई छ ।
ओलीको अडान पछि नेता नेपालले यथास्थितीमा संवादको सार्थकता नहुने बताउनु भएको बार्तामा सहभागी एक नेताको भनाई छ । बैठकमा उपमहासचिव बिष्णु पौडेलले बैठकमा तुलनात्मक रुपमा सकारात्मक धारणा राख्नुभएको बताइन्छ । उहाँले ३ गते बालुवाटारको चियापान कार्यक्रम रोक्ने र माधव खेमाको ४ र ५ गतेको राष्ट्रिय भेला पनि पनि रोक्ने र ७ गतेको केन्द्रीय समिति बैठक आयोजना गर्ने प्रस्ताव गर्नुभएको थियो ।
माधव नेपाल पक्षले प्रधानमन्त्री ओली अबैधानिक कार्य गर्दै जाने र त्यसलाई नै वैधानिकता दिन नयाँनयाँ रणनीति अपनाउने शैलीमा अघि बढेको निस्कर्ष निकालेको स्रोतको भनाई छ ।