Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

सर्वोच्चले खारेज गरेको नेकपा बिरुद्ध सर्वोच्चले गर्यो फेरि अर्को आश्चर्यजनक फैसला


6.2K
Shares

सर्वोच्चले खारेज गरेको नेकपा बिरुद्ध सर्वोच्चले गर्यो फेरि अर्को आश्चर्यजनक फैसला

गोरखा २, चैत । सर्वोच्च अदालतले तत्कालिन नेकपा ३३ प्रतिशत महिला सहभागिताबिनै निर्वाचन आयोगमा दर्ता गरिएको भन्दै परेको रिटमा निवेदकको पक्षमा फैसला सुनाएको छ । अधिवक्ता इन्दु तुलाधरलगायत १४ जना रिट निवेदकको मागबमोजिम न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासले आइतबार रिट जारी हुने फैसला गरेको हो ।

फैसलाको पूर्ण पाठ आउने बाँकी रहेको तर रिट जारी हुने फैसला भएको अधिवक्ता तुलाधारले बताउनुभयो । दल दर्ता गर्दा संविधान र राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार ३३ प्रतिशत महिलाको सहभागिता अनिवार्य हुनुपर्ने अन्यथा त्यस्तो दल खारेज हुनुपर्ने व्यवस्था छ । ऋषि कट्टेल नेतृत्वको नेकपाले महिलाको सहभागिता सुनिश्चित नगरेकाले दल खारेजीको माग गर्दै २०७५ वैशाखमा रिट निवेदन दर्ता गरिएको थियो ।

हिजो इजलासमा बहसका क्रममा समेत नेकपा विघटन भइसकेको अवस्थामा अब रिटको महत्व के भन्ने प्रश्न उठेको थियो । तर, रिट निवेदक पक्षबाट बहस गरेका अधिवक्ताले नेकपा विघटन भए पनि अन्य दल दर्ता गर्दा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने तर्क गरेका थिए । अदालतले यसअघि, २०७५ जेठ १३ गते निर्वाचन आयोगले अहिले बदर नेकपा दर्ता गरेको थियो । सर्वोच्च अदालतले त्यतिबेलै कारण देखाऊ आदेश जारी गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology