काठमाण्डौं १, चैत । नेकपा माओबादी केन्द्रको केन्द्रीय समितिको बैठकले सरकारमा रहेका आफ्ना पार्टीका मन्त्रीहरुलाई तत्काल फिर्ता आउन निर्देशन दिएको छ ।
पार्टी केन्द्रीय कार्यालयमा आइतबार बसेको केन्द्रीय समितिको बैठकले यस अघि सचिवालय बैठकले गरेको निर्णय अनुमोदन गर्दै मन्त्रीहरुलाई फिर्ता आउन निर्देशन दिएको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकमा पार्टीका पछिल्लो अबस्था, बर्तमान राजीतिक अबस्था तथा सांगठनिक अबस्था लगायतका बारेमा सवै प्रदेश कमिटिका तर्फबाट जानकारी केन्द्रीय कमिटिमा रिपोटिङ समेत गरिएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, अझैपनि केही नेता कार्यकर्ताहरु अर्को पार्टीमा रहेको भन्ने जानकारी आएकाले तत्काल फिर्ता आउन समेत बैठकले निर्देशन दिएको छ ।’