Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा बेरोजगार युवालाई स्वरोजगार बनाउन मोवाईल मर्मत तालिम


5.4K
Shares

गोरखामा बेरोजगार युवालाई स्वरोजगार बनाउन मोवाईल मर्मत तालिम

गोरखा १, चैत । गोरखामा बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउन सञ्चालन गरिएको मोबाईल मर्मत तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा शहिद लखन गाउँपालिकाको खाब्दि भन्ज्याङमा पालिका भित्रका वडा नम्बर ६, ७, ८ र ९ का युवाहरुको सहभागिता रहेको थियो ।

युवाहरुलाई स्वरोजगार बनाउने उद्देस्यका साथ सञ्चालित तालिम आइबार (आज) सम्पन्न भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । मोबाईल मर्मतबाटै गाउँमा युवाहरुले रोजगारी प्रप्प् गर्न सकोस भन्ने उद्देस्यका साथ सञ्चालित तालिममा १ महिला १९ जना पुरुष गरि २० जना युवाहरु सहभागी भएका थिए । गएको माघ २ गतेदेखि सञ्चालित तालिममा कालिका मोबाईल मर्मत तथा बिक्रि केन्द्र गोरखाले सहभागीहरुलाई प्रशिक्षण गराएको थियो ।

तालिम समापन कार्यक्रममा घरेलु तथा साना उधोग कार्यलय गोरखाका प्रमुख दिनेश पौडेल, शहिद लखन गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष शरण श्रेष्ठ र वडा नम्बर ८ का वडाध्यक्ष काशिनाथ अंगाई, नेकपा एमेला गाउँ कमिटी प्रतिनिधी धन बहादुर बिक, नेपाली काँग्रेसका गाउँ कमिटी प्रतिनिधी मदन प्रसाद लम्साल, नेकपा माओबादी केन्द्रका गाउँ कमिटी प्रतिनिधी गणेश लम्साल, जसपाका गाउँ कमिटी प्रतिनिधी मधुकर वन्त लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology