Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

नेपालमा केपी ओली जस्तो तानाशाह अहिलेसम्म जन्मिएको छैन :भुसाल


4.1K
Shares

नेपालमा केपी ओली जस्तो तानाशाह अहिलेसम्म जन्मिएको छैन :भुसाल

काठमाडौं, २८ फागुन । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले केपी ओलीजस्तो तानाशाह नेपालमा अहिलेसम्म नजन्मिएको बताउनु भएको छ ।  ५० वर्ष अगाडि अफ्रिकी मुलुकहरुमा तानशाहहरुले यस्तै हर्कद देखाउने गरेको स्मरण गर्दै उहाँले नेपालमा केपी ओलीजस्तो तानशाह अहिलेसम्म नजन्मिएको बताउनु भएको हो ।

महाधिवेशनबाट निर्वाचित महासचिव बाहेकका पदाधिकारी हटाउने र माधवकुमार नेपाल पक्षीय नेताहरुको जिम्मेवारी ओलीको निर्णयलाई मुर्खतापूर्ण कदम भएको उहाँको भनाई छ ।ओलीले आफ्नो पक्षका नेताहरुको बैठक राखेर दशौं महाधिवेशनको मिति तोक्नुका साथै महासचिव बाहेकका पदाधिकारी हटाएपछि उपमहासचिव भुसालले यस्ता प्रतिक्रिया दिनुभएको हो ।

स्थिर लोकतान्त्रिक विकासप्रति जगाएको विश्वासलाई बर्बाद पारेको भन्दै नेता भुसालले दुई तिहाईको बहुमत र पार्टी एकता सकेर मात्रै नपुगेर नेकपा एमाले नै सक्याउनतिर लागेको उहाँले बताउनुभयो । एमाले अध्यक्ष ओलीको यस्ता कदमलाई परास्त गर्नसक्ने शक्ति समाज र एमाले पार्टीमा रहेको भन्दै उहाँले त्यसलाई संगठित गरेर परास्त गरिने  बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology