Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

राष्ट्रका विरुद्ध ठूलो षडयन्त्रको आभास भइरहेको छ : प्रचण्ड


2.8K
Shares

राष्ट्रका विरुद्ध ठूलो षडयन्त्रको आभास भइरहेको छ : प्रचण्ड

बुटवल २८, फागुन । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले राष्ट्रका विरुद्ध ठूलो षडयन्त्रको आभास भइरहेको बताउनु भएको छ ।  बुटवलमा दलित पत्रकार संघको केन्द्रीय अधिवेशनको शुक्रबार उद्घाटन गर्दै प्रचण्डले देशको पछिल्लो राजनीतिक घटनाक्रमले यस्ता खालका षडयन्त्रको आभास झल्कीएको बताउनु भएको हो ।

उहाँले नेकपा एमाले र नेकपा माओबादी केन्द्र बिच भएको एकिकरणलाई नै बिधटन गर्ने गरि आएको सर्वोच्चको फैसलाले घटनाक्रमको पुष्टी गर्दै लगेको बताउनुभयो । जन्मिसकेको बच्चालाई फेरि आमाको कोखमा लगिदिने जस्तो अनौठो घटना देखिन थालेको छ, अध्यक्ष प्रचण्डले भन्नुभयो, यो कस्तो अनौठो घटना हो, उक्त फैसला राजनीतिक षडयन्त्रको उपज भएको मेरो निस्कर्ष छ ।

उहाँले दलित समुदाय, पिछडिएका बर्ग समुदायको हक अधिकारको रक्षा र व्यवस्थाका लागि आफ निरन्तर लड्दै आएको भन्दै अझै पनि आफ्नो तर्फबाटस सवै खालका भूमिका खेल्न तयार रहेको बताउनुभयो । प्रचण्डले कार्यक्रममा बोल्दै अब माओवादी केन्द्र पुनर्गठन गर्दा गुणात्मक रुपमा दलितहरुलाई स्थान दिने समेत प्रतिबद्धता जनाउनुभयो ।
।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology