काठमाडौं २८, फागुन । जनता समाजबादी दलको नेतामा तिन नेताले दावी गरिरहेका बेला नेता महन्त ठाकुरलाई संसदीय दलको नेता चयन गर्ने तयारी भएको छ । दलको नेता चयनका लागि जसपा नेपाल संसदीय बैठक बिहीबारका लागि बोलाइएको छ । सो बैठकले अध्यक्ष महन्थ ठाकुरलाई संसदीय दलको नेता चयन गर्ने तयारी भएको पार्टी स्रोतले जनाएको छ ।
सिंहदरबारस्थित जसपा संसदीय दलको कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकमा संसदीय दलको नेता चयनको एजेण्डा छ । राजपा र समाजवादी पार्टी एकीकरण भएपछि बनेको जसपाले हालसम्म पनि संसदीय दलको नेता चयन गर्न नसकेको अवस्थामा आज बस्ने बैठकले नेता चयनको तयारी गराएको छ ।
पार्टी स्रोतका अनुसार दलको नेतामा अध्यक्ष उपेन्द्र यादवसहित संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र वरिष्ठ नेता राजेन्द्र महतो समेतले दावी गर्दै आउनु भएको छ । तर पनि अहिलेसम्म उहाँहरुले खुलेर पार्टी बैठकमा आफ्नो दावेदारी प्रस्तुत नगरेको स्रोतको भनाइ छ । जसपाको ३४ सांसद मध्ये बहुमत सांसद ठाकुरको पक्षमा रहेको दावी गरिनुले पनि उनको सम्भावना बलियो रहेको नेताहरुको भनाइ छ ।