गोरखा २८, फागुन । गोरखाको शहिद लखन गाउँपालिका वडा नम्बर ८ मा श्री नव ईन्द्रेणी बुङ्कोट युवा क्लबको आयोजनामा बृहत् शिबरात्री मेला तथा साँस्कृतिक कार्यक्रम २०७७ सम्पन्न भएको छ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा बिकासमन्त्री रामशरण बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ख्याति प्राप्त लोकदोहोरी गायक कृष्ण रउले,गायिका भुमिका गिरी लगायतको सांगतिकि प्रस्तुत दिएका थिए ।
कार्यक्रममा अन्य बिभिन्न कलाकारहरुको लाईभ दोहोरीबाट सहभागीहरुलाई मनोरन्जन प्रदान गरिएको क्लबका अध्यक्ष राजेश श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति गोरखाकी उपप्रमुख जानुका अधिकारी, शहिद लखन गाउँपालिकाकी उपाध्यक्ष ईन्दिरा तिवारी, शहिद लखन गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष शरण श्रेष्ठ, वडा नम्बर ८ का अध्यक्ष काशीनाथ अम्गाई, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो । शिवरात्री पर्वको अवसरमा क्बलले मेलाको आयोजना गरेको हो ।