Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

प्रतिभा र आयुषको निर्दोष माया सार्वजनिक (भिडियो सहित)


15.4K
Shares

प्रतिभा र आयुषको निर्दोष माया सार्वजनिक (भिडियो सहित)

काठमाण्डौं २४, फागुन । गायक आयुष खतिवडाको रक भर्सनमा आधारित गीत निर्दोष मायाुको म्युजिक भिडियो सार्वजनिक भएको छ।यस गीतमा शब्द गायक खतिवडाका बुवा विकल खतिवडाको रहेको छ। गीतमा स्वयम् गायक खतिवडाको संगीत र संगीत संयोजन रहेको छ।

म्युजिक भिडियोमा गायक आयुष खतिवडा र प्रतिभा कटुवाल बिचको स्कुले प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको छ। ज्याज प्रडक्शनले निर्माण गरेको यस भिडियोमा श्रीजन प्रजापतिको छायांकन रहेको छ। भिडियोमा अनिल न्यौपाने क्रियटिभ सुपरभाइजर रहेका छन्।

पुनम शाक्य निर्मात्री रहेको यस भिडियोलाई अमन महर्जनको सम्पादन र निर्देशनमा तयार पारिएको हो। गायक खतिवडाको आधिकारिक च्यानल आयुष खतिवडाु मार्फत भिडियो सार्वजनिक भएको हो।

https://youtu.be/Nu4_B9odmlc

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology