Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

सर्वोच्चले व्युँताइदियो नेकपा एमाले र माओबादी केन्द्र, अफ्टयारोमा प्रचण्ड-नेपाल र ओली समुह


4.1K
Shares

सर्वोच्चले व्युँताइदियो नेकपा एमाले र माओबादी केन्द्र, अफ्टयारोमा प्रचण्ड-नेपाल र ओली समुह

काठमाण्डौं २३, फागुन । सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्धको रिटमा सर्वोच्चले उत्प्रेषण परमादेश जारी गरेसँगै नेकपाको नाम ऋषिराम कट्टेलले पाउनुभएपछि ओली र प्रचण्ड नेतृत्वमा रहेको नेकपा खारेज गरेको छ ।

आज न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पक्षमा फैसला गरेको हो । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अलग अलग राजनीतिक दलका रुपमा साबिककै अवस्थामा कायम रहने हुँदा, अब यी दुई राजनीतिक दलले एकीकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धी ऐन तथा नियम विपरित नहुने गरी निर्णय गरी अविलम्ब निर्वाचन आयोगमा उपस्थित हुन जानकारी दिइ शीघ्र कानुन बमोजिम आवश्यक निर्णय गर्नगराउनू भनी विपक्षी मध्येका निर्वाचन आयोगका नाममा परमादेश समेत जारी गरिदिएको छ ।

आदेशको प्रतिलिपि साथै राखी सोको जानकारी विपक्षीहरूलाई दिनू र आदेशको विद्युतीय प्रति इन्टरनेटमा अपलोड गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाउनु पनि आदेशमा भनिएको छ । सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि नेकपाको ओली र प्रचण्ड समूह कसरी अघि बढाउने भन्ने बारेमा रणनीति बनाउन थालेका छन् । ओली समूहले संसदीय दलको बैठक बोलाएको छ भने प्रचण्ड–नेपाल समूहले पनि आन्तरिक छलफल गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology