Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

धमेन्द्र बास्तोलाले खोले बिप्लव समुहको राजनीतिक योजना


2.3K
Shares

धमेन्द्र बास्तोलाले खोले बिप्लव समुहको राजनीतिक योजना

काठमाण्डौं २२, फागुन । नेत्रविक्रम चन्द विप्लव नेतृत्व्को नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले देशको समस्या हल गर्नको लागि मुख्य,मुख्य विषयमा जनमतसंग्रह गरिनुपर्ने आफ्नो पार्टीको एजेण्डा रहेको बताएका छन् । जनताको मत लिनुपर्ने बताउँदै उनले हरेक विषयमा जनतमसंग्रह गरौं भन्ने पार्टीको धारणा रहेको बताए ।

यसले जनतालाई परिचालित गर्ने र लोकतान्त्रिक समाज बनाउने पनि बास्तोलाले बताए । सरकारसँग तीन बुँदे सहमति भएर सार्वजनिक भएपछि आज रिपोर्टर्स क्लबमा पुगेर उनले जनमतसंग्रह के के विषयमा गर्ने भनेर अहिले नै भन्न सम्भव नभएको बताए ।

आफूहरु मुलुकलाई समृद्ध बनाउने उद्देश्यमा होमिएकोले यो विषयमा आफ्नो पार्टीका धारणाहरु छिट्टै सार्वजनिक गर्ने पनि उनको भनाई छ । राजनतिक आन्दोलनलाई, समस्यालाई समाधान गर्नको निम्ति धेरै लामो समयदेखि छलफल गर्दै आएको र नेपालको संविधानले कतिपय विषयलाई समेट्न नसकेकोले अब त्यसलाइ समेटेर अगाडी जाने उनको भनाई  थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology