Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

प्रचण्डले भने : बिप्लवलाई नेकपामा स्वागत गर्न आतुर छु


4.7K
Shares

प्रचण्डले भने : बिप्लवलाई नेकपामा स्वागत गर्न आतुर छु

काठमाण्डौं २२ फागुन । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द विप्लवलाई पार्टीमा स्वागत गर्ने प्रतिक्षामा आफू रहेको बताएका छन ।

शनिबार कोटेश्वर पेरिसडाँडामा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले विप्लव अन्तत्वगत्वा आफुले कोरेको गोरेटोमा आइपुगेको भन्दै खुसी व्यक्त गरे ।

अब छिटै औपचारिक कार्यक्रम गरेर विप्लवलाइ स्वागत गर्न चाहेको प्रचण्डको भनाइ थियो । यस्तै उनले विप्लव आफ्नो टिममा आउनुपर्ने पनि बताए । विप्लवले अर्को प्रचण्ड बन्ने प्रयास गरेपनि असफल भएको उनको भनाइ थियो ।

आफू र माधव नेपालले नेतृत्व गरेको पार्टी नै मुल पार्टी भनेर सावित भइसकेको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology