गोरखा १८, फागुन । गोरखामा गोरखामा १३ बर्षकी बालिकालाई करणी गरेका आरोपमा ८७ बर्षका बृद्धालाई प्रहरले पक्राउ गरेको छ । जिल्लाको गण्डकी गाउँपालिकाका एक बृद्धालाई बालिकालाई जबरजस्ती बलात्कार गरेको आरोपमा फक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
यही फागुन १४ गते बाख्रा चराउन गएकी बालिकालाई बृद्धाले बलात्कार गरेको पिडित परिवारको आरोप छ । पिडित परिवारले दिएको जाहेरी दरखास्तका आधारमा उनलाई सोमबार पक्राउ गरिएको हो । घटनाको सम्बन्धमा थप अनुसन्धान भईहरहेको प्रहरीले जनाएको छ ।