Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

पुर्नस्थापित प्रतिनिधिसभाको बैठक फागुन २३ गतेका लागि बोलाइयो


2.8K
Shares

पुर्नस्थापित प्रतिनिधिसभाको बैठक फागुन २३ गतेका लागि बोलाइयो

काठमाण्डौ १८, फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते दिउँसो ४ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले फागुन २३ गते अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । गत पुस ५ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गर्नुभएको थियो ।

तर फागुन ११ गते सर्वोच्च अदालतले संसद विघटन बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो । सर्वोच्चको आदेश अनुसार १३ दिनभित्रै संसद अधिवेशन बोलाइएको छ । संसद बैठक सञ्चालनका लागि संसद सचिवालयले तयारी पूरा गरिसकेको जनाएको छ ।

सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित भएपछि गत असार १८ गते संसद अधिवेशन अन्त्य गरेको थियो । प्रतिनिधिसभाको वर्षे अधिवेशन अन्त्य भएको ८ महिनापछि अर्को अधिवेशन सुरु हुन लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology