Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नेकपाको प्रचण्ड नेपाल समूहलाई आधिकारिकता दिने आयोगको तयारी


2.4K
Shares

नेकपाको प्रचण्ड नेपाल समूहलाई आधिकारिकता दिने आयोगको तयारी

काठमाडौं, १८ फागुन । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकता दाहाल नेपाल समूहलाई दिने भएको छ । आधिकारिकता सम्बन्धी विवादमा आयोगले केन्द्रीय कमिटीमा जस्को बहुमत हुन्छ उसैलाई दिने तयारी गरेको हो ।

नेकपा विभाजित हुँदा दाहाल नेपाल समूहको केन्द्रीय कमिटीमा बहुमत देखिएको थियो । तर, त्यसको प्रमाणिकरण गरेपछि मात्र आयोग निर्णयमा पुग्ने बुझिएको छ ।

आयोग स्रोतका अनुसार एकपटक प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा र दाहाल नेपाल समूहको नेकपालाई पत्राचार गरी बोलाउने छ । मौजुदा केन्द्रीय कमिटी सदस्य र प्रतिनिधि सभा सदस्यहरु कुन पक्षमा बढी छन् भन्ने प्रमाण संकलन गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology