Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

हिमचुली बचत तथा ऋण सहकारीको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न


3.3K
Shares

हिमचुली बचत तथा ऋण सहकारीको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

गोरखा १४, फागुन ।  हिमचुली बचत तथा ऋण सहकारी संस्था लि गोरखाको अपाङ्गता भएका व्यक्तिहरुका लागि सहकारी शिक्षा एबं अपाङ्गता हकअधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सहकारीले आफ्नो २८ औं स्थापना दिवसको अवसरमा शुक्रबार अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा गोरखा नगरपालिका भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई सहकारी र यसको महत्वको बिषयमा जानकारी प्रदान गरिएको संस्थाले जनाएको छ र अन्तरक्रिया कार्यक्रममा हिमचुली बचत तथा ऋण सहकारी संस्था लि गोरखा अध्यक्ष रामबाबु श्रेष्ठले सहकारी र सहकारीले आपाङ्गता भएका व्यक्तिहरुलाई दिन सक्ने सेवा सुविधा लगायतका बिषयमा सहजिकरण गर्नु भएको आयोजकले जनाएको छछ ।

त्यस्तै अपाङ्गता भएका व्यक्तिहरुका लागि नेपालको कानुनले व्यवस्था गरेका अधिकारको सवाल लगायतका बिषयमा अधिबक्ता पवित्रा शर्माले सहजीकरण गर्नुभएको संस्थाले जनाएको छ । कार्यक्रम हिमचुली बचत तथा ऋण सहकारी संस्था लिका कार्यसमिति सदस्य तथा शिक्षा उपसमितीका सदस्य अमृत वि कको अध्यक्षता सम्पन्न होे । संस्थाले प्रत्येक फागुन १५ गते स्थापना दिवस बनाउँदै आएको छ । स्थापना दिवसको अबसर पारेर सहकारीले हरेक बर्ष सामाजिक क्रियाकलाप गर्दैै आएको सहकारीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology