गोरखा १४, फागुन । गोरखाको धार्चे गाउँपालिकाको ४ लाप्राक स्थित एक घरमा शुक्रबार दिउँसो आगलागी भएको छ । स्थानीबासी रामबहादुर गुरुङको घरमा दिउँसो करिब २ बजेको समयमा एक्कासी आगलागी भएको स्थानीबासी तुलबहादुर गुरुङले जानकारी दिनुभयो ।
आगलागीबाट घर पूर्णरुपमा ध्वस्त भएको स्थानीयले जनाएको छ । ‘भाँडाकुँडा, ओढ्ने, ओछ्याउने सबै खरानी भएको छ, स्थानीय गुरुङले भन्नुभयो, घरमा कोही नभएको बेला आगो लागेकाले घरभित्रको सामग्री निकाल्न सकिएन ।’
पिँडीमा राखेको भुसबाट घरमा आगो सल्किएको उहाँको भनाई छ । आगलागीबाट करिब ७ लाख रुपैया बराबरको क्षति भएको स्थानीयले अनुमान गरेका छन्