Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

जन्मथलो गोरखामा जनयुद्धका प्रथम  शहिद दिलबहादुर रम्तेलको २६ औ स्मृति दिवस मनाइयो


3.4K
Shares

जन्मथलो गोरखामा जनयुद्धका प्रथम  शहिद दिलबहादुर रम्तेलको २६ औ स्मृति दिवस मनाइयो

गोरखा १४, पुस । जनयुद्धका प्रथम शहिद दिलबहादुर रम्तेलको २५ औं स्मृति दिवस आज गोरखामा मनाइएको छ । रम्तेलको जन्मथलो जिल्लाको बारपाक सुलिकोट गाउँपालिकामा स्मृतिसभाको आयोजना गरिएको नेकपा बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष नरबहादुर गुरुङले जानकारी दिनुभयो ।

स्मृतिसभा कार्यक्रममा बोल्दै नेकपाका गण्डकी प्रदेश कमिटिका अध्यक्ष हितराज पाण्डेले रम्तेलको बलिदानीले बर्तमान संघिय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता लगायतका अधिकारीहरु स्थापित भएको बताउनुभयो । उहाँले जनयुद्धले उठाएको नेपाली जनताको कर्यौ अपेक्षा अझै पनि पुरा हुन नसकेको भन्दै प्राप्त उपलब्धीको रक्षा गर्दै शहिदहरुले देखाएको बाटो बाट थप उपलब्धी प्राप्तीका लागि अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य लेखनाथ न्यौपानेले जनयुद्धको मर्म र भावना अनुसार देश अघि बढ्न नसकेको बताउनु भयो । नेता न्यौपानेले शहिदको बलिदानीलाई अबमूल्यन गर्न नहुने भन्दै नेतृत्व जिम्मेवार भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । स्मृति सभालाई नेकपाका केन्द्रीय सदस्य अमर तमु , बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट् लगायतले पनि सम्बोधन गर्नुभएको थियो ।

२०५२ साल फागनु १४ गतेका दिन स्थानीय सूर्य ज्वोती माध्यामिक बिधालयका शिक्षक बिरबहादुर गुरुडलाई प्रहरी गिरफ्तार गरेपछि छुटाउन जाने क्रममा प्रहरीको गोली लागि ११ बर्षिय बालक रम्तेलको मृत्यु भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology