Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

महिला लघुवित्तको आईपीओ बाँडफाँड, करिब १५ लाखको हात रित्तोे


6.2K
Shares

महिला लघुवित्तको आईपीओ बाँडफाँड, करिब १५ लाखको हात रित्तोे

काठमाडौं १४ फागुन । महिला लघुवित्तको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड भएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले शुक्रबार बिहान आईपीओ बाँडफाँड गरेको हो ।

कम्पनीको आईपीओका लागि आवेदन दिएका १५ लाख ३६ हजार ६८२ आवेदकमध्ये ३७ हजार ५०० आवेदकलाई गोलाप्रथाबाट १० कित्ताको दरले बाँडफाँड गरिएको बिक्री भएको जनाएको छ । सेयरका लागि आवेदन दिएको योग्य आवेदक मध्येपनि १४ लाख ९९ हजार १८२ आवेदकको भने रित्तो हात भएको छ ।

लघुवित्तको आईपीओमा १५ लाख ४० हजार ३५ जना आवेदकबाट दुई करोड ३७ लाख ४७ हजार ५९० कित्ता सेयर खरिदको लागि आवेदन परेको थियो । जसमध्ये तीन हजार ३५३ जनाको आवेदन रद्द भएको जनाइएको छ ।
आईपीओ निष्कासनपछि कम्पनीको चुक्ता पुँजी १० करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीको आईपीओ नतिजा सीडीएसीको मेरो सेयर वेबसाइट, बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको वेबसाइट र महिला लघुवित्तको वेबसाइटमा आज केही समयपछि हेर्न सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology