Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

पालुङटार नगरपालिकाको वडा नम्बर ८ बाँड्यो किसानलाई हाते ट्याक्टर र चाप कटर


7.3K
Shares

पालुङटार नगरपालिकाको वडा नम्बर ८ बाँड्यो किसानलाई हाते ट्याक्टर र चाप कटर

गोरखा १४, फागुन । गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ८ ले वडा भित्रका किसानहरुलाई अनुदानमा हाते ट्याक्टर, र चाप कटर बितरण गरेको छ । वडा कार्यालयले कृषि क्षेत्रलाई प्रबिधिमैत्री बनाउने उद्देस्यले चालु आर्थिक बर्षमा किसानहरुलाई अनुदानमा कृषि सामग्री उपलब्ध गराउन बिनियोजन गरेको बजेटबाट सामग्री खरिद गरि बितरण गरेको वडाध्यक्ष शंकरराज कंडेलले जानकारी दिनुभयो ।

कार्यक्रम अन्र्तगत वडा भित्रका बिभिन्न ४ वटा समुहलाई ७० प्रतिसत अनुदानमा हातेट्याक्टर बितरण गरेको वडाध्यक्ष कंडेलले जानकारी दिनुभयो । त्यस्तै वडा भित्रका २ वटा समुहलाई २ वटा चाप कटर बितरण गरेको उहाँले बताउनुभयो । ‘वडा कार्यालयले ३ वटा चाप कटर उपलब्ध गराउने गरि बजेटको व्यवस्था गरेको भएपनि अहिले २ वटा मात्र माग आएकाले बाँकी पछि मागका आधारमा कृषि समुहलाई उपलब्ध गराउनेछौ ।’ उहाँले भन्नुभयो ।

वडाले वडा भित्रका टोल सुधार समितिको सिफारिसका आधारमा कृषि हाते ट्याक्टर तथा चाप कटर बितरण गरेको वडाध्यक्ष कंडेलले जानकारी दिनुभयो । त्यस्तै चालु आर्थिक बर्षकै कार्यक्रम अन्र्तगत वडाले वडाभित्रका ३० जना कृषकहरुलाई प्लाष्टिकको टनेल निर्माणका लागि अनुदान सहयोग प्रदान गरेको उहाँको भनाई छ । किसानहरुको ३० प्रतिसत साँझेदारी सहित कुल ३ लाख रुपैया खर्च भएको छ ।

त्यस्तै चाप कटरका लागि रु १ लाख रुपैया र प्लाष्टिकको टनेल अनुदानका लागि रु १ एक लाख रुपैया बजेटको व्यवस्था वडा कार्यालयले गरेको उहाँले जानकारी दिनुभयो । ‘हामीले कृषि क्षेत्रलाई प्राथामिकतामा राखेर काम गर्दै आएका छौ, वडाध्यक्ष कंडेलले भन्नुभयो, अहिले वडा भित्र इनार खनेर सामान्य तरकारी खेती गर्न चाहाने किसानहरुलाई पनि सहयोग पु¥याउने उद्देस्यले इनारका लागि रिङ वडा कार्यालयले उपलब्ध गराउदै आएको छ ।

वडाध्यक्ष कंडेलले वडा भित्र अहिलेसम्म १२ जना किसानहरुलाई इनारको रिङ उपलब्ध गराई सकिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology