Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बिघटनपछि रोकिएको तलब एकमुष्ट बुझ्दै सांसदहरु


2.8K
Shares

बिघटनपछि रोकिएको तलब एकमुष्ट बुझ्दै सांसदहरु

काठमाण्डौ १४, फागुन । प्रतिनिधिसभाका सदस्यहरुले गत पुसदेखि रोकएको तलब÷सुविधा एकमुस्ट पाउने भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपतिले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि संसद सचिवालयले सांसदहरुको तलब-सुविधा रोकेको थियो । फागुन महिनाको तलब पठाउँदा पुसदेखि रोकिएको सबै तलब एकमुस्ट पठाइने संसद सचिवालयका सह–प्रवक्ता दशरथ धमलाले बताउनुभयो ।

फागुन ११ गते सर्वोच्च अदालतबाट प्रतिनिधिसभा विघटन बदर भएपछि यसअघि रोकिएको तलब सुविधा सांसदहरुले एकमुस्ट पाउने भएका हुन् । यसअघि संसदमा पश भएका विधेयक पनि दस्ताको तस्तै अगाडी बढने प्रवक्तारोजनाथ पाण्डेले बताउनुभयो ।

प्रतिनिधिसभाको पहिलो बैठकमा भने खास एजेण्डा छैन । अधिवेशन डाकिएको जानकारी गराइएको राष्ट्रपतिको पत्र सभामुखले वाचन गर्ने र दलीय आधारमा नेताहरूले आफ्नो धारणा राख्ने कार्यसूची बन्ने उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology