Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाको ताकुकोटमा ५० हजार पुरस्कार रासीको भलिवल प्रतियोगिता हुने


5.8K
Shares

गोरखाको ताकुकोटमा ५० हजार पुरस्कार रासीको भलिवल प्रतियोगिता हुने

गोरखा १३, फागुन । गोरखाको  बारपाक सुलिकोट गाउॅपालिका वडा नं ६ ताकुकोट भालेढुङ्गामा फाल्गुन १९ गते देखि राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

सहिद इन्द्रा थापा स्मृती कप २०७७ नामाकरण गरिएको प्रतियोगिताको आयोजना लालीगुरॅास युवा जागरण क्लवले गर्न लागेको हो । प्रथम पुरस्कार नगद रु ५०,०७७ र द्वितीय पुरस्कार नगद रु २५,०७७ रहेको उक्त प्रतियोगितामा बेस्टप्लेयर , फियर टिम, बेस्टकोच, बेस्ट डिफेन्डर, बेस्ट स्काईप, बेस्ट लिफ्टर, बेस्ट ब्लकर, बेष्ट सर्भरलाई समेत नगद पुरस्कार , कप , प्रमाणपत्र दिईने प्रतियोगिताको संयोजक सरोज थापाले जानकारी दिनुभएको छ ।

फागुन १९ देखि २२ गते सम्म चल्ने प्रतियोगितामा सॅास्कृतिक ,मनोरन्जनात्मक प्रस्तुति साथै रोमान्चक परम्परागत खेलहरु समेत हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology