Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बारपाक सुलिकोटमा शहिद कुमार बरामको २० औं स्मृतिसभाको अवसरमा फुटवल प्रतियोगिता


2.8K
Shares

बारपाक सुलिकोटमा शहिद कुमार बरामको २० औं स्मृतिसभाको अवसरमा फुटवल प्रतियोगिता

गोरखा १३, फागुन । जनयुद्धका क्रममा शहादत प्राप्त गर्नुभएका शहिद कुमार बरामको २० औं स्मृति दिवसको अबसरमा गोरखाको बारपाकमा शहिद कुमार बराम कप फुटवल प्रतियोगिताको आयोजना भएको छ । स्मृति दिवसको अबसरमा यही फागुन ८ गतेबाट शुरु भएको प्रतियोगिता बुधबार सम्पन्न भएको हो ।

प्रतियोगिताको छोप्राकको युवा क्लवले जितेको छ भने आयोजक टिम मैनडाँडा युवा क्लव डाँडा गाउँले उपबिजेतामा चित्त बुझाउन बाध्य भएको छ । प्रतियोजितामा उपाधी जित्न सफल टिमलाई रु ५० हजार रुपैया नगर मेडल तथा उपबिजेतालाई रु २५ हजार रुपैया सहित मेडल प्रदान गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको समापनसंग आयोजित स्मृतिसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कमिटी सदस्य एवं बारपाक सुलिकोट गाउँपालिकाको अध्यक्ष बिष्णु प्रसाद भट्टको सहिदहरुको बलिदानीबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्न सवै लाग्नु पर्नेमा जोडदिनुभयो । समापन कार्यक्रममा नेकपा बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष नरबहादुर गुरुड लगायतले सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology