गोरखा १३, फागुन । नेपाल रेडक्रस सोसाईटी गोरखा जिल्ला शाखाको २५ औ जिल्लासभा यही आउदो चैत ६ गते हुने भएको छ । जिल्ला कार्यसमितिको आज बसेको बैठकले जिल्ला सभाको टु्ङ्गो लगाएको रेडक्रस गोरखा शाखाका मन्त्री राजेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।
बैठकले सभाको पूर्व तयारीका लागि मन्त्री र कोषाध्यक्षको प्रतिवेदन तयार गर्न जिम्मेवारी समेत दिएको दिएको छ । रेडक्रसको गोरखा जिल्ला भरि कुल २५ वटा उपशाखा रहेका छन् ।
सभामा प्रत्येक उपशाखाबाट एक महिला सहित ३ जनाको सहभागिता रहने उहाँले बताउनुभयो । सभामा सहभागी हुन आउने प्रतिनिधिलाई उपशाखाको कार्य समितिले निर्णय गरेर पठाउने जनाइएको छ ।