Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा संसद पुनस्थापनाको खुशीयालीमा नेकपा प्रचण्ड-नेपाल पक्षको धन्यबाद सभा


3.1K
Shares

गोरखामा संसद पुनस्थापनाको खुशीयालीमा नेकपा प्रचण्ड-नेपाल पक्षको धन्यबाद सभा

गोरखा १३, फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले सर्वाेच्च अदालतको ऐतिहासिक फैसलाको स्वागत गर्दै बुधबार गोरखामा धन्यबाद सभाको आयोजन गरेको छ । नेकपाले गोरखा सदरमुकामको हरमटारी चोकमा संसद पुनस्थापनाको पक्षमा लड्दै आएका समग्र जनसमुदायलाई धन्यबाद दिदै नेकपाका नेताहरुले संसद पुनस्थापनाले संबिधानको रक्षा गरेको बताएका छन् ।

धन्यबाद सभामा बोल्दै पार्टीका केन्द्रिय सदस्य एवंम जिल्ला पार्टीका इन्चार्ज कृष्ण धितालले संसद पुनस्थापनाले संबिधान र बिधिको रक्षा भएको बताउनु भएको छ । उहाँले अदालतले कुनै पनि तानाशाहलाई संबिधान माथि धावा बोल्न दिदैन भन्ने पुष्टी भएको भन्दै संबिधानका बिरुद्ध जाने छुट कसैलाई नभएको पुष्टी भएको बताउनुभयो । केन्द्रिय सदस्य धितालले अदालतको निर्णयले संविधान, गणतन्त्र र संघियताको रक्षा भएको बताउनुभया जिल्ला इन्चार्ज धितालले संबिधानको बिधटन पछि पुनस्थापनाका लागि लड्ने सवैलाई धन्यबाद दिदै अदालतले नेपाली जनताको सपना माथि तुसारपात गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सपना पुरा हुन नदिएको बताउनुभयो ।

‘कार्यपालिका, न्यायपालिका र ब्यवस्थापिकाको सिद्धान्त, मुल्य मान्यताको अदालतले रक्षा गरेको छ’ उहाँले भन्नुभयो । कार्यक्रममा बोल्दै पार्टीका जिल्ला सहइन्चार्ज अमर तमुले संबिधानको पाना च्यात्ने प्रधानमन्त्री ओलीको कदमलाई अदालतले सवक सिकाई दिएको दावी गर्नुभयो । उहाँले संबिधानको पुनस्थापनाले देशमा संबैधानिक संकटको खतरा टरेको भन्दै संबिधान बिपरित जाने प्रधानमन्त्रीले नैतिकताका आधारमा तत्काल राजिनामा दिनुपर्ने उल्लेख गर्नुभयो ।

नेकपाका जिल्ला अध्यक्ष लेखबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रचण्ड–माधव पक्षधरका जिल्ला सचिव यादब बस्नेत लगायतले संसद बिघटन गर्ने निर्णय बदर गरेको प्रति न्यायाधिशहरुलाई धन्यबाद दिएका थिए । नेकपाले संसद पुनस्थापनको भएको खुशीयालीमा हिजो साँझ नै गोरखा सदरमुकाममा दिप प्रज्वलन समेत गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology