Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

केपी ओलीलाई अर्को धक्का : चर्कियो मुख्यमन्त्री नियुक्तीको बिबाद


3K
Shares

केपी ओलीलाई अर्को धक्का : चर्कियो मुख्यमन्त्री नियुक्तीको बिबाद

काठमाण्डौ १०, फागुन । प्रदेश २ का लागि प्रदेश प्रमुखमा नियुक्त हुनुभएका राजेश झा अहिराजलाई प्रदेश २ सरकारले स्वागत नगर्ने जनाएको छ । प्रदेश २ सरकारका प्रवक्ता समेत रहनुभएका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रदेश प्रमुखलाई आफूहरुले स्वागत नगर्ने प्रतिक्रिया दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ सरकारलाई कमजोर गर्न र बदनाम गराउने नियतले यस्ता गतिविधिहरु गरिरहेको उहाँको भनाइ छ । यस्तो कार्यलाई जनताले स्वीकार नगर्ने पनि उहाँले उल्लेख गर्नुभयो । संघीयता अनुसार प्रदेश गठन भएसँगै सुरुमा रत्नेश्वरलाल कायस्थलाई प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त गरिएको थियो । केपी शर्मा ओली प्रधानमन्त्री भएपछि कायस्थलाई हटाएर तिलक परियारलाई नियुक्त गरिएको थियो ।

प्रदेश २ को प्रमुखमा नियुक्त झा कार्यभार सम्हाल्न हिजै जनकपुर पुगिसक्नु भएको छ । नवनियुक्त प्रदेशप्रमुख अहिराजले पदभार सम्हाल्दै प्रत्येक नागरिकलाई साझा र अपनत्वसहितको प्रदेश निर्माढणमा आफूले भूमिका निर्वाह गर्ने प्रतिक्रिया दिनुभएको छ ।

उहाँले एक सन्देश जारी गर्दै शिरमा देश र मनमा मधेस राखेर जन्मभूमिमा प्रदेश प्रमुखको रुपमा काम थालेको उल्लेख गर्नुभयो । हिजो दिउँसो जनकपुरधाम पुग्नुभएका उहाँलाई ओली समूहका युवाहरुले भने विमानस्थलमा स्वागत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology