Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

पार्टी एकतालाई पूर्णता दिन प्रचण्ड नेपाल पक्षले बनायो ९ बुदेँ मापदण्ड


2.6K
Shares

पार्टी एकतालाई पूर्णता दिन प्रचण्ड नेपाल पक्षले बनायो ९ बुदेँ मापदण्ड

काठमाण्डौ १०, फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले ९ बुँदे मापदण्डका आधारमा संगठनात्मक संरचनालाई पूर्णता दिने तयारी गरेको छ । शीर्ष नेताहरुबीच भएको सहमतिमा प्रचण्ड र माधव नेपालबीच पार्टी कमिटी एवं जनवर्गीय संगठनको रिक्त स्थान पूर्ति तथा एकीकरणका लागि मापदण्ड तथा आधारहरुमा हस्ताक्षर गरेका छन् ।

जसमा नेकपाका विभिन्न कमिटीहरुमा अब दुबै पक्षको ५०–५० प्रतिशत भागबण्डाका आधारमा नियुक्ति गरिनेछ । प्रदेश र जिल्लाका इन्चार्ज, सहइन्चार्ज एवम पार्टी कमिटीहरु तथा जनसंगठनका पदाधिकारीहरुमा जुन पक्षबाट रिक्त भएको हो त्यही पक्षबाट पूर्ति गर्ने र त्यसो गर्दा सामान्यतया ५० प्रतिशत हुने गरी मिलाउने मापदण्डमा उल्लेख छ ।

एमाले र माओवादीबीच भने एकता हुँदा ६०–४० को अनुपातमा एकता भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology