Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नेपालमा फेरि आइपुग्यो कोरोना बिरुद्धको १० लाख डोज खोप


2.3K
Shares

नेपालमा फेरि आइपुग्यो कोरोना बिरुद्धको १० लाख डोज खोप

काठमाण्डौ ९, फागुन । सरकारले भारतको सेरम इन्ष्टिच्युटबाट किनेको कोभिड १९ विरुद्धको १० लाख डोज खोप नेपाल आइपुगेको छ । आज दिउँसो एयर इन्डियाको विमानबाट कोभिशिल्ड खोप त्रिभुवन विमानस्थल आइपुगेको हो ।

सरकारले सेरमसँग २० लाख डोज खोप किन्ने निर्णय गरेको थियो र त्यसका लागि अग्रिम भुक्तानी पनि दिइसकेको छ । यसैबीच, गत २४ घण्टाभित्र नेपालमा ८० जना कोरोना सङ्क्रमित थपिएका छन् । यो अवधिमा तीन हजार तीन सय २५ जनाको पीसीआर परीक्षण गर्दा ८० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यससँगै नेपालमा कूल सङ्क्रमितको संख्या दुई लाख ७३ हजार चार सय ३१ पुगेको छ । कोरोना सङ्क्रमणका कारण नेपालमा हालसम्म दुई हजार ६१ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology