एजेन्सी ९, फागुन । अमेरिकाको बोइङ ट्रिपल सेभेन विमान ठुलो दुर्घटनाबाट जोगिएको छ । उडिरेहेको अवस्थामा उक्त विमानको एक इन्जिनमा आगलागी भएपनि चालकले कुसलता पूर्वक बिमानलाई दुर्घटनाबाट जोगाउन सफल भएको हो ।
चालक दलका १० सदस्यसहित २ सय ३१ यात्रु बोकेर डेनभरबाट होनोलुलुका लागि उडेको विमान उडान भरेको केही समयमै दाहिने पट्टीको इन्जिनमा आगलागी भएपछि आपतकालीन अवस्थामा अवतरण गराइएको अन्तराष्ट्यि सञ्चार माध्यमहरुले जनाएका छन् ।
आगलागीबाट इन्जिनको केही भाग जमिनमा झरेपनि विमान सकुशल रुपले डेनभर विमानस्थलमा फर्किएर अवतरण गरेको छ ।