काठमाण्डौं ९, फागुन । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा।बाबुराम भट्टराई अस्वस्थ्य भए पछि आज दिल्ली जाँदैछन् । न्युरो इन्डोक्राइन ट्युमरको आशंका भएका कारण उनी स्वास्थ्य उपचारकालागि नयाँ दिल्ली जान लागेका हुन् ।
डा।भट्टराईको पेटमा समस्या देखिएको छ । भट्टराईका चिकित्सकहरुले उनलाई न्युरो इन्डोक्राइनको ट्युमर भएको आशंका गरेका कारण उपचारकालागि दिल्ली जान लागेका हुन् । चिकित्सककै सल्लाहमा भारतको दिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसमा उपचार गराउन डा. भट्टराई आजै जान लागेका हुन् ।
यसअघि भट्टराईको काठमाण्डौंको निदान अस्पतालमा उपचार भई रहेको थियो । भट्टराईसँगै उनकी श्रीमती हिसिया यमी र प्रेस सल्लाहकार विश्वदीप पाण्डे दिल्ली जाने छन् ।