Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बार्ता र संवादका लागि विप्लव तयार


3.9K
Shares

बार्ता र संवादका लागि विप्लव तयार

काठमाण्डौं ८, फागुन । नेकपा विप्लव समूहले आफ्नो पार्टी वार्ता तथा सम्वादको लागि सकारात्मक रहेको जनाएको छ । पार्टीका महासचिब नेत्रविक्रम चन्द विप्लवले आज विज्ञप्ति जारी गर्दै सरकारसँग वार्ता गर्न तयार रहेको बताउनुभएको हो ।

हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनसमूदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो । यसको प्रक्रियामा आम समूदायमा सहज गतिविधि र कार्यक्रम गर्ने बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग सम्वाद र वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँछौं, विप्लवले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सरकारले पनि विप्लव नेतृत्वको समुहसँग वार्ता गर्ने पहल गरिरहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology