काठमाण्डौं ८, फागुन । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डलाई गलत बाटोमा हिडेको आरोप लगाउनुभएको छ । ओली समूहले आज विराटनगरमा गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड समूह अब सकिएको आरोप लगाउनुभयो ।
पहिले बैद्यसँग हुनुहुन्थ्यो, बैद्यबाट डाक्टर, डाक्टरबाट झाँक्रीमा हुनुहुन्छ, प्रधानमन्त्री ओलीले भन्नुभयो, प्रचण्डको त मलाई माया लाग्छ । उहाँले अझै पनि प्रचण्ड–नेपाल समूहलाई आफुतिर फर्किन आग्रह गर्नुभयो । सरकार विकासको गतिमा दृढ रहेको बताउँदै उहाँले जसले जे भनेपनि आफू अगाडी बढ्न नछोड्ने बताउनुभयो ।