Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

हवाइ भाडा बढ्यो, शनिबारदेखि नयाँ भाडादर लागू हुने


3K
Shares

हवाइ भाडा बढ्यो, शनिबारदेखि नयाँ भाडादर लागू हुने

काठमाण्डौं ७, फागुन । वायुसेवा सञ्चालकहरूले हवाई भाडा बढाएका छन् । नेपाल आयल निगमले प्रतिलिटर २ रुपैयाँको दरले हवाई इन्धनको भाउ बढाउने निर्णय गरेको थियो । वायुसेवा सञ्चालक संघ नेपालका प्रवक्ता योगराज कँडेलका अनुसार हवाई इन्धनको स्वचालित मूल्यका आधारमा हवाई भाडामा लाग्ने इन्धन शुल्कमा समेत परिमार्जन गर्ने नीति अनुसार नयाँ मूल्य तोकिएको हो ।

संघले सिफारिस गरेको मूल्यलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत सदर गरेका कारण शनिबारबाट लागु हुने गरी मूल्य परिमार्जन गरिएको हो । बढेको सरचार्ज अन्तर्गत काठमाडौंबाट माउन्टेन फ्लाइटमा जानेका लागि ७० रुपैयाँ बढी मूल्य पर्नेछ । काठमाडौं धनगढी रुटमा ९० रुपैयाँ भाडा बढी पर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology