Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

ओली सरकारले गर्यो २ नम्बर प्रदेश प्रमुखको बर्खास्ती, नया नियुक्ती, काग्रेसको कडा आपत्ती


2.5K
Shares

ओली सरकारले गर्यो २ नम्बर प्रदेश प्रमुखको बर्खास्ती, नया नियुक्ती, काग्रेसको कडा आपत्ती

काठमाण्डौ ७, फागुन । सरकारको सिफारिसमा प्रदेश २ का प्रमुखको आज गरिएको बर्खास्ती र नयाँ नियुक्तिमा नेपाली काँग्रेसले विरोध जनाएको छ । अघिल्लो सरकारको पालामा प्रक्रिया बमोजिम गरिएको नियुक्तिलाई गत वर्ष बदर गरेर सरकारले स्वेच्छाचारी ढंगले नियुक्ति गरेको र शुक्रबार फेरि त्यही प्रवृत्ति दोहो¥याएर सरकारले प्रदेश प्रमुखको गरिमा घटाउंदै जाने काम गरेको नेपाली काँग्रेसले निकालेको प्रेश विज्ञप्तीमा भनिएको छ ।

निर्वाचन घोषणा भएको छ भनेर दलको विवाद निरुपण नगर्न निर्वाचन आयोगलाई आन्तरिक दबाब दिने सरकार, बर्खास्त र नियुक्ति तर्फ लाग्नु नैतिक आचारको दृष्टिले समेत अत्यन्तै गलत र आपत्तिजनक रहेको आरोप विज्ञप्तिमार्फत लगाइएको छ ।

ओली सरकारले प्रदेश नम्बर २ का प्रदेश प्रमुख तिलक परियारलाई हटाएर शुक्रबार राजेश झालाई नयाँ प्रदेश प्रमुखमा नियुक्त गरेको थियो । नवनियुक्त प्रदेश प्रमुख झाँले शुत्रबार नै पद तथा गोपनियताको सपथ ग्रहण गर्र्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology